ब्रेकिङ न्युज

सम्पत्ति शुद्धीकरण मुद्दामा पौडेललाई फेरि झड्का, थप ३ दिन हिरासतमा

२९ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले पाँचौँ पटक म्याद थप गरेको छ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

सम्पत्ति शुद्धीकरण विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ। विभागको पत्रका आधारमा उनलाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।

पक्राउपछि विभागले यसअघि चार पटक अदालतबाट म्याद लिएर पौडेलमाथि अनुसन्धान अघि बढाउँदै आएको थियो। पछिल्लो आदेशसँगै अनुसन्धानका लागि उनको हिरासत अवधि थपिएको हो।