पु.समाचार

राष्ट्रपति भण्डारीको कार खरिद गर्न १६ करोड माग

काठमाण्डौ । राष्ट्रपति कार्यालय शीतल निवासले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि कार किन्न १६ करोड माग गरेको छ ।  सरकारले राष्ट्रपति भण्डारीका लागि ४ करोड रुपैयाँ उपलव्ध गराउने निर्णय गरेलगत्तै राष्ट्रपति कार्यालयले रक्षा मन्त्रालयसँग थप १२ करोड रुपैयाँ उपलव्ध गराउन माग गरेको हो ।

शीतल निवासले यो रकम राष्ट्रपति भण्डारीको चाहान अनुसारनै माग गरिएको बताएको छ । राष्ट्रपति कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो। सेनाको प्रारम्भीक अनुमान अनुसार गाडी किन्न १८ करोड रूपैयाँ चाहिन्छ। सेनाले केही कार उत्पादन गर्ने कम्पनीसँग गरेको प्रारम्भिक छलफलका आधारमा यो निषकर्ष निकालेको हो।

‘राष्ट्रपति कार्यालयल रक्षा मन्त्रालयबाट आएको चार करोड रूपैयाँको प्रतिवद्धता कार खरिदका लागि अपुग भएको भन्दै त्यसमा थप १२ करोड रूपैयाँ माग गरेको हो,’ रक्षा मन्त्रालय उच्च स्रोतले भन्यो।