२९ जेठ, काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत नमोबुद्ध–२ बुच्चाकोटमा भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाएका ८ जनामध्ये ४ जनाको पहिचान खुलेको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा बस सञ्चालक रोशी गाउँपालिका–६ का ७५ वर्षीय इन्द्रबहादुर झाक्री, दैलेखका नेपाली सेनाका अमलदार बमबहादुर भण्डारी, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ र रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङ रहेका छन्।
अन्य चार मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको छ।




