राजनीति

प्रधानमन्त्री देउवाले रमेश खरेल र सर्बेन्द्र खनाललाई बढुवा गरी सह्रानीय काम गर्दा पाए जनताको मुरी-मुरीे प्रशंसा

काठमाण्डौ । नेपाली जनताले मनपराएका प्रहरी बरिष्ठ उपरिक्षकहरु रमेश खरेल र सबेन्द्र खनाललाई प्रहरी नायब महानिरिक्षकमा बढुवा गर्ने कार्यमा प्रधानमन्त्री देउवाले राम्रो काम गरेको भनेर प्रशंंसा आउन थालेको छ ।

फेसबुक र ट्वीटरमा संसराभर रहेका नेपालीहरुले विगतमा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाको ब्यापक बिरोध गरेपनि पछिल्लो समयमा काठमाण्डौलाई गुण्डागर्दीमुक्त मुलुक बनाउने प्रयासमा लागेर लोकप्रीय भएक रमेश खरेल र राम्रा प्रहरीका हाकिमका रुपमा चिनिएका सबेन्द्र खनाललाई बिना शर्त बढुवा गर्नुले प्रहरीभित्र प्रणालीको बिकास गर्न प्रधानमन्त्रीले चालेको कदमको रुपमा उक्त कार्य भएके दावी सहित उनीहरुले बधाई दिएका छन् ।

शनिबारमात्र डिआईजीमा बढुवा भएका खरेल र खनालमा खनालले खरेलभन्दा केही प्वाईन्ट बढी नम्बर पाएका छन् । डिआईजीबाट एआईजी समेत हुंदा नम्बर हेरफेर समेत हुन सक्छ, जति नै नम्बर हेरफेर भएपनि दुई डिआईजी भन्दा तेस्रो बढुवा भएको डिआईजीको नम्बरको अन्तर ज्यादै तल भएकले दुईमध्ये एक आईजीपी हुनेछन् ।

रमेश खरेलले सार्बजनिक कार्यक्रममा  आफू आईजीपी हुने बताएका थिए भने सबेन्द्र खनाल आईजीपी प्रकाश अर्यालको सचिवालयमा समेत रहेर राम्रो काम गरिरहेकाले उनको आकाँक्षा समेत त्यस्तै छ ।

उर्जामन्त्रालयमा राम्रो काम गरेर नाम कमाएका जनार्दन शर्माले समेत प्रधानमन्त्री देउवासंग उक्त बढुवाका लागी सहमत गरेर राम्रो काम गरेका छन् ।

शनिबारमात्र गृहमन्त्रालयले ११ डिआईजी र १५ एस्एसपीको एकतह बढुवा गरेको थियो । त्यसलगत्तै धेरैजना एसपीहरु समेत एसएसपीमा बढुवा भईसकेका छन् । सडक, चियापसल लगायतमा प्रधानमन्त्री देउवाको उक्त कदमको प्रशंसा सुन्न समेत थालिएको छ ।