१६ असार, काठमाडौं । काठमाडौंको तीनकुनेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ तुलसीपुर उपमहानगरपालिका–३ का २२ वर्षीय गोविन्द मल्ल छन् ।
काठमाडौं महानगरपालिका–३१ स्थित तीनकुनेस्थित सडकमा ना.८ ख १३७० नम्बरको ट्रकमा गएराति रा.७ प ८११५ नम्बरको मोटरसाइकल ठक्किँदा मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर अस्पताल महांकालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।





