राजनीति

तीन कोईरालाको राजनीतिक भेटले काँग्रेसभित्र हंगामा, रामचन्द्र र देउवा डराए !

काठमाण्डौ । काठमाण्डौको टोखास्थीत नेपाली काँग्रेसका माहामन्त्री डा.शसांक कोईरालाको निवासमा बुधबार काँग्रेसका शक्तीशाली नेताहरुको भेट भएको छ । पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्बाचनमा काँग्रेसको अवस्था एगीरिमाले भन्दा पछाडि गएकोमा चिन्तीत हुंदै बीपी कोईरालाका पुत्र समेत रहेका डा. शंसांकले प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोईराला र गिरिजा प्रसाद कोईरालाकी सुपुत्री समेत रहेकी पुर्व उपप्रधानमन्त्री सूजाता कोईरालाबीच भेटवार्ता भएको छ ।

उक्त भेटवार्ता संयोग र पारिवारिक जनमघटमात्र नभएर काँग्रेसलाई कसरी बचाउने र आगामी काँग्रेसको नेतृत्वमा कोईराला परिवारलाई कसरी स्थापीत गर्ने भन्नेमा सल्लाह भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

काँग्रेसमा पछिल्लो समयमा जनतामा लोकप्रीय हुंदै आएका डा.शेखर कोईराला, माहामन्त्री शसांक र सूजाता मिलेर अगाडी बढे काँग्रेस पार्टीमा धेरै नै महत्वपूर्ण भूमिका खेल्न सक्ने कार्यकर्ताहरुको मूल्याँकन छ ।

रामचन्द्र पौडेल गुटमा रहेका तीनवटै कोईरालाले प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले पार्टी बिगारेको भन्नेमा चिन्तित समेत भएको बताईन्छ । जे होस काँग्रेसका तीन कोईरालाको भेटले पार्टीमा हंगामा ल्याउने संकेत देखाएको छ ।

आफ्नो गुटमा रहेका तिन कोईरालाको भेटले षढ्यन्त्र हुनसक्ने आँकलन गर्दै बरिष्ठ नेता रामचन्द्र पौडेल शंसंकित भएका छन् भने मध्यमार्गी धामा चल्ने शसाँकले गुट बनाउन खोजे भन्ने आशंका देउवालाई हुनसक्ने अनुमान लगाउन सकिन्छ ।