राजनीति

जुवाको खालबाट पक्राउ परेका गायक पंगेनीलाई छाड्न गृहमन्त्रीलाइ एमाले अध्यक्ष ओलीले यसरी दिए दबाब

काठमाण्डौ । चर्चित गायक बद्री पंगेनीले आफू प्रहरीबाट पक्राउ नपरेको र समाचार हेरेपछि आफू छक्क परेको प्रतिकृया दिएपनि उनले मिडियालाई ढाँटेको देखिएको छ । पंगेनीले उक्त कुरा बताएपनि उनी जुवाको खालबाट पक्राउ परेका र छुटाउनको लागी नेकपा एमालेका अध्यक्ष केपी ओलीले गृहमन्त्री जनार्दन शर्मालाई दबाब दिएको समाचार स्रोतको दावी छ । माहाराजगञ्ज प्रहरीद्वारा पक्राउ परेका पंगेनी बुधबार दिउसो धरौटीमा रिहा भएका हुन् ।

आफ्नो दोहोरीमा काम आबद्धता भएका एकजना कर्मचारी पक्राउ परेकोले प्रहरीकोमा उनको बारेमा बुझ्न प्रहरीकोमा जाँदा कोही पत्रकार मित्रहरुले देखेका कारण उक्त समाचार बनाएका हुन सक्छन् । जे र्भपनि म मेरा शुभचिन्तक तथा मित्रहरुलाई पक्राउ नपरेको जानकारी गराउन चाहान्छु उनले भनेका थिए।

कतिपय समयमा मिडियाले बिना पुष्टी समाचार बनाउने गरेको छ भने कतिपय समयमा आरोपीहरु पनि मिडियालाई उल्टै बेबकुफ बनाउन लागी परेका समाचारहरु पढ्न पाईन्छ । पंगेनीले पनि मिडियालाई बेफकुफ नै बनाएको देखिन्छ । लोकदोहोरी संघका अध्यक्ष समेत रहेका गेनी सधैं क्यासिनो समेत जाने गरेको दावी उनका मित्रहरुको छ ।

बद्री पंगेनी