पु.समाचार

प्रधानमन्त्री देउवाले तत्काल मन्त्रिपरिषद विस्तार नगर्ने, यस्तो छ कारण

काठमाण्डौ । कांग्रेस सभापतिसमेत रहेका प्रानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय समिति बैठकपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको भन्दै चौतर्फि आलोचना खेपिरहेका देउवाले केन्द्रीय समिति बैठक आगामी सोमबार आह्वान गरेका छन् ।

बिहीबारको नेपाल समाचारपत्रमा लेखिएको छ, यद्दपि तत्काल मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्रीलाई चर्को दबाब परेको छ ।