अन्तर्राष्ट्रिय

कतारका लागि खुसीको खबर, चार मुलुकले दिए नयाँ संकेत !

एजेन्सी । कतारले आतंकवादलाई सघाएको आरोपमा उक्त मुलुकविरुद्ध उभिएका चारवटा देशले आफ्ना मागलाई विस्तारै नरम पार्दै गएको संकेत देखिएको छ।

साउदी अरेबिया र संयुक्त अरब एमिरेट्ससहित चार देशका वरिष्ठ कूटनीतिज्ञहरुले कतारले १३ बुँदे माग पूरा गर्नैपर्नेमा आफूहरुले जोड दिन छाडेको बताएका छन्।

गत महिना साउदी अरेबिया र संयुक्त अरब एमिरेट्ससहितका मुलुकले कतारसमक्ष १३ बुँदे माग अघि सारेका थिए।

संयुक्त राष्ट्रसंघमा संयुक्त अरब एमिरेट्सद्वारा आयोजित एउटा पत्रकार सम्मेलनमा ती कूटनीतिज्ञहरुले अल जजीरा टेलिभिजन नेटवर्क बन्द गर्नुपर्ने र इरानसँग कतारले सम्बन्ध न्यून गर्नुपर्ने जस्ता निश्चित मागभन्दा ६ वटा बृहत् सिद्धान्तको पक्षमा अहिले आफूहरु एकताबद्ध भएको बताएका छन् ।