राजनीति

काँग्रेस नेता प्रधानले मृतक बिनिताका नाममा यस्तो बनाए ७० हजारको अक्षयकोष

काठमाण्डौ । काठ्माण्डौ काँग्रेसका पूर्व सभापति तथा क्षेत्र नम्बर ६ का साँसद भीमसेनदास प्रधानले काठमाण्डौको सामाखुसीम पानी परेकाबेला खाडलमा पुरिएर देहान्त भएकी बिनिता फुंयालको नाममा अक्षयकोष खडा गरेका छन् ।

एक महिनाको साँसदको तलबलाई अक्षयकोषमा जममा गरेका प्रधानले बिनिताले अध्ययन गर्दैगरेको यूरेका माबिमा एकमहिनाको तलब र भत्ता राखेर अक्षयउकोष खडा गरिदिने बिहीबरको साँसद बैठकमा बिशेष समय लिएर बोल्दै उद्घोष गरेका हुन् ।

प्रधानले एकमहिनामा आउने ७० हजार २३० रुपैंया भत्ता र तलव अक्षयकोषमा राख्दै सरकारलाई उनको लागी सहयोग गर्न आग्रह समेत गरेका छन् । उक्त रकम १० दिनका दिन घरमै गएर हस्तान्तरण गर्ने सुर्यखबरसंगको कुराकानीमा प्रधानले बताए ।
प्रधान उक्त क्षेत्रका साँसद समेत भएकाले भाबुक हुंदै भने बिनिता जस्त बिद्यार्थिके अकालमै मृत्यु नहोस, उनको नाममा सबै बर्ष स्कुलमा कार्यक्रम होस, उनको नाममा गरिब तथा जेहेन्दार छात्र छात्राहरुलाई एसईमा हरेक बर्ष छात्रबृति ब्यवस्था होस जसले गर्दा बिनिताको आत्मा जिबन्त हुने छ, उनले भने ।

बालाजु आसपालमा ठूला ठूला भ्वागंका कारण बर्षा याममा पानी पर्दा भ्वागं भरिएर पानी धमिलो आई पैदल तथा मोटरसाईकल र साईकल याुत्रहरु समस्यामा पर्ने गरेका छन् । समस्यामा पर्नेमात्र नभई यसपटक भने बिनिता फुंयालको मृत्यु नै भयो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धीत निकायलाई काठ्माण्डौका खाल्डाखुल्डी तुरुन्त पुर्न निर्देशन दिएपश्चात खाल्डाखुल्डी पहिचान गरी पुर्ने कार्य दु्रत गरिमा भईरहेको समाचार आईरहेका छन् ।

बालाजुबाट मनमैजु हुँदै नेपालटार जाने सडकको बीच भागमै ठूल्ठूला भ्वाङ छन् । पानी पर्दा सडक जलमग्न हुने र धमिलो पानी भरिएपछि भ्वाङको पत्तो नहुने हुँदा यात्रु ढलमा छिरेर छिर्ने जोखिम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्वाङ पुर्न निर्देशन दिएपछि अहिले धमाधम काम भइरहेको छ ।