आर्थिक

सामसङ इलेक्ट्रोनिक्सले ल्यायो किस्ताबनदीम पनि मोवाईल खरीद गर्ने योजना

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन, सामसङ क्युलेड टिभि बजारमा ल्याएको छ । नयाँ सामसङ क्युलेड टिभिमा यसभन्दा अगाडि कहिल्यै प्रयोगमा नआएको हाइ डाइनामिक रेन्ज प्रविधि प्रयोग भएकोछ ।

क्युलेड टिभिमा दर्शकले वास्तविक रंग देख्नुहुनेछ, क्वान्टम डट प्रविधि र शत प्रतिशत कलरको लागि नयाँ मेटल कोर प्रयोग गरिएको छ । सुधारिएको अफ एङ्गल भ्यूइङ र ३६० डिग्रीको असीमित डिजाइनले हरेक दृश्यलाई जीवन्त बनाउँछ र यसमा प्राप्त भएको केवल एक रिमोट कन्ट्रोलरले घरकाहरेक उपकरणहरु सञ्चालन गर्न पनि सकिन्छ ।

क्युलेड टिभि हालदुई मोडलमा उपलब्ध छन् । QA55Q7 मोडलको सुरुवातीमूल्य रु ४५०००० र QA65Q8 को सुरुवातीमूल्य ६५०००० रहेको छ । दुबै मोडलमा किस्ताबन्दीको सुविधा पनि उपलब्ध गरिएको छ ।

बुकिङ् अफरमा सुरुवाती मूल्यको साथ ग्राहकले कुनै पनि सामसङ क्युलेड टिभि QA55Q7 मोडलको खरिदमा सामसङ ग्यालेक्सी एस८ रQA65Q8 को खरिदमा एस ८ प्लस मोबाइल प्राप्त गर्नुहुनेछ । यो अफर हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको सहसंयोजनमा ल्याइएको हो । प्रस्तुत बुकिङ अफर यही साउन १७ गतेदेखि लागू भई साउन ३१ गतेसम्ममात्र रहने छ । दरबारमार्गमा रहेको सामसङ डिजिटल प्लाजामा खरिद गर्दा मात्र यो अफर लागू हुने बताईएको छ ।