आर्थिक

प्रभु बैंक र टर्किस एयरलाइन्सबिच सम्झौता

प्रभु बैंक लिमिटेड र टर्किस एयरलाइन्सका विच प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई टर्किस एयरलाइन्स मार्फत् हवाइ यात्रा गर्दा लाग्ने टिकट मुल्यमा विशेष सहुलियत उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पश्चात् प्रभु बैंक लिमिटेडका Credit Card Holders, Wealth  Customers, Privilege Customers ले टर्किस एयरलाइन्सबाट विश्वको जुनसुकै मुलुकमा हवाई यात्रा गर्दा Air Ticket मा विशेष सहुलियत प्राप्त गर्नुका साथै थप लगेजको सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

यो सुुविधा प्राप्त गर्नको लागि टर्किस एयरलाइन्सबाट हवाई यात्रा गर्नको लागि टिकट खरिद गर्दा सम्बन्धित ग्राहकले प्रभु बैंक लि.बाट जारी गरिएको Credit Card, Wealth Card, Privilege Card मध्ये कुनै पनि कार्ड पेश गर्नु पर्नेछ । यस सम्बन्धी थप जानकारी बैंकको वेव साईट www.prabhubank.com बाट प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका लक्षित ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।