अन्तर्राष्ट्रिय

केन्याको राष्ट्रपतिमा आए पुनः उहुरु

एजेन्सी । केन्याका राष्ट्रपति उहुरु केन्याटा मंगलबारको निर्वाचनपछि पुनस् राष्ट्रपतिमा निर्वाचित भएको अधिकारीहरुले बताएका छन्।
सन २०१३ देखि राष्ट्रपति रहेका केन्याटाले ५४.३ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी रायला ओडिङ्गाले ४४.७ प्रतिशत मत ल्यएका छन् ।

चुनाव परिणाम घोषणापछि केन्याटाले एकताका लागि आह्वान गर्दै विपक्षी समर्थकहरुलाई भने, म तिमीहरुसँगै छु…. हामी एउटै गणतन्त्रका नागरिक हौं।

विपक्षीले परिणाम घोषणा हुनु अघि अस्वीकार गरिसकेको थियो। तर अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले परिणाम अनुमोदन गरेका छन्। केन्याटाले स्वतन्त्र, निष्पक्ष र विश्वासिलो रुपमा चुनाव गराइएको बताएका छन्।