अन्तर्राष्ट्रिय

इरानको संसदले दियो यस्तो संकेत !

एजेन्सी । इरानको संसदले लामो समयदेखि थाती रहेको लागू औषध कारोबारसम्बन्धि कानूनलाई नरम बनाउने विधेयकलाई आइतबार संशोधन गरेको छ । कानूनमा सुधारगरी ल्याइएसँगै धेरै नागरिकको मृत्युदण्ड हुने अवस्थामा निकै कमी आउने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि विधेयक लागू हुने अवस्थामा आउन कन्जरभेटिभ समूहको प्रभाव रहेको ‘गार्डिएन काउन्सिल’ले पनि अनुमोदन गर्नुपर्छ ।  संसदमा महिनौ लामो बहसपछि लागू औषध सम्बन्धि कानूनलाई अनुमोदन गर्न सफललता मिलेको हो ।