आर्थिक

उपभोक्ता हित संरक्षण विभागले लगायो एघार व्यावसायमाथि प्रतिबन्ध !

काठमाण्डौ । मापदण्ड विपरीत सञ्चालन भएका विभिन्न प्रकृतिका ११ वटा व्यवसाय बन्द गरिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

साउन २२ देखि ३२ सम्म भएको संयुक्त विशेष अनुगमनका क्रममा ती पसलको सञ्चालनमा रोक लगाइएको विभागले जनाएको छ ।
अनुगमन टोलीले
-डेन्टल गुड क्लिनिक, बाँसबारी,
-अखण्ड पोलिक्लिनिक, बत्तीसपुतली,
-धरान डेन्टल पोलिक्लिनिक, बत्तीसपुतली,
-साझा आयल स्टोर, काभ्रे,
-अन्तराष्ट्रिय बालमैत्री अस्पातालको क्यान्टिनलगायतको सञ्चालन प्रक्रियामा रोक लगाएको भन्दै शुक्रबारको नेपाल समाचारपत्रमा लेखिएको छ ।