आर्थिक

प्रधानमन्त्री राहत कोषको खातामा ग्लोबल बैंकद्वारा ६५ लाख जम्मा

काठमाण्डौ, २ भदौ । ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरो पिडितलाई तत्काल राहत पुर्याउनका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्दप्रसाद्र ढकालले सो रकमको चेक प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष हस्तान्तरण गरेका हुन् ।

कुल रकम मध्ये बैंकले आफ्नो तर्फबाट ५१ लाख रुपैयाँ तथा बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब बराबर हुन आउने १४ लाख रुपैया गरि कुल ६५ लाख रुपैया प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा प्रदान गरिएको हो ।

सो कार्यक्रममा ग्लोबल आइएमर्ई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याललगायतको उपस्थिति रहेको थियो ।