आर्थिक

शंखधरको नाफा ४८ लाख १४ हजार

भक्तपुर । शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आव। २०७३/७४ मा ४८ लाख १४ हजार ५४५ नाफा गरेको छ । सो संस्थाकोे १० औं वार्षिक साधारणसभामा अध्यक्ष रामसुन्दर श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ३० दशमलव २ प्रतिशत नाफा आर्जन भएको बताए ।

संस्थाको शेयर पुँजी रु दुई करोड २० लाख ७५ हजार ४०० पुगेको, कुल बचत रु २५ करोड २५ लाख ६३ हजार ८७८ संकलन भएको र रु २२ करोड ७१ लाख ६ हजार ९१ ऋण लगानी गरेको उनले जानकारी दिए ।

संस्थाले जगेडा कोष वृद्धि गरी रु ६६ लाख ३३ हजार ७२७ पु¥याएको, अन्य कोषमा रु ४९ लाख ७० हजार ४१४ पुगेको, संस्थाको सम्पत्तिलाई वृद्धि गरी रु ३० करोड ३५ लाख ६२ हजार ७०७ पु¥याइएको जनाएको छ ।

साधारणसभामा सांसद रामेश्वर ढुंगेलले सहकारी संस्था सिद्धान्तमा चल्नुपर्नेमा जोड दिँदै बचतकर्ताको विश्वास जित्दै नाफामुखी भन्दा पनि सेवामुखी भएर जानुपर्ने बताए ।

मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमि नगरपालिका खानेपानी, सरसफाइ, सार्वजनिक जग्गा संरक्षणमा प्राथमिकताका साथ कार्य अगाडि बढेको चर्चा गर्दै सहकारी संस्थाको विकासमा पनि नगरपालिकाले टेवा पु¥याउने बताए ।

साधारण सभामा संस्थाका ज्येष्ठ सदस्य रामबहादुर खड्गी, र च्रवेती श्रेष्ठलाई सम्मान गर्नुका साथै २०७३ को एसईई परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने सुमित श्रेष्ठ र विञ्जली बज्राचार्यलाई पुरस्कार प्रदान गरिएको थियो ।

त्यसैगरी संस्थाका उत्कृष्ट आवधिक बचतकर्ता गणेशमाया श्रेष्ठ, उत्कृष्ट नियमित बचतकर्ता कृष्णहरी प्रजापति, उत्कृष्ट बाल बचतकर्ता निश्चिन्त बज्राचार्य, उत्कृष्ट ऋण कारोबार हेरबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । रासस