सूचना प्रविधि

कुशे औँसी र तीजमा टेलिकमको अफर

काठमाडौँ । नेपाल टेलिकमले कुशे औँसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका पर्व (तीज)का अवसरमा आफ्ना विभिन्न सेवामा ‘अफर’ उपलब्ध गराउने भएको छ ।

अफरअन्तर्गत जिएसएम प्रिपेड÷पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज रहेको टेलिकमले विज्ञप्तिमार्फत जनाएको हो । यी सबै अफर भदौ ५ देखि १९ गतेसम्म खरिद गर्न सकिने छ ।

युट्युब प्याकेजअन्तर्गत रु एक सयमा एक जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिनेछ ।

त्यसैगरी, रु ६० मा ५०० एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुनेछ ।

डिस्काउन्टेड प्याकेजअन्तर्गत प्याक १५० र प्याक २५० उपलब्ध हुने टेलिकमले जनाएको छ । प्याक १५० अन्तर्गत रु १५० मा ६०० एमबी र प्याक २५० अन्तर्गत रु २५० मा एक जिबी डाटा भोल्युम उपलब्ध हुनेछ ।

यी दुई प्याक क्रमशः खरिद गरेको १४ दिन र २८ दिनको समयावधिसम्म प्रयोग गर्न सकिन्छ । डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा भने १४ दिन र २८ दिनको समयावधिसम्म नै २० प्रतिशत छुट प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ ।

युट्युब डाटाका लागि वाईटी १ जीबी वा वाईटी ५०० एमबी र डिस्काउन्टेड डाटा लिनका लागि प्याक १५० वा प्याकके २५० लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ । यी सबै सुविधाको उपभोग जुनसुकै समयमा पनि गर्न सकिने टेलिकमले जनाएको छ ।