पर्यटन/संस्कृति

यसरी भयो बौद्ध गुम्बामा चोरी

हुम्ला। सदरमुकामदेखि उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकाअन्तर्गत वडा नं ३ लामा खोलसीको पुरानो कुन्साङ छोइलिङ गुम्बामा साउन २७ गते राति चोरी भएको छ ।

चाँदी १५० तोला र पुराना ताला दुई जोर, पुराना गलैँचासमेत गरी करिब रु १३ लाख २५ हजार बराबरको सामान चोरी भएको मुचुल्कामा देखिएको स्थानीय धारापोखरीस्थित प्रहरी चौकीले जनाएको छ । चोरी भएपछि पुजारी ठिल्ले दोर्जे लामालेअनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । रासस