आर्थिक

भारतमा अलपत्र कन्टेनर भन्टाबारी हुँदै नेपाल आउने

काठमाण्डौ । भारतको विहारस्थित फारबीसगन्ज जोगवनी सडकखण्डमा अलपत्र मालवाहक गाडी भीमनगर- भन्टाबारी छोटी भन्सारको बाटोबाट नेपाल ल्याइने भएको छ । यस विषयमा नेपाल र भारत सरकारबीच सहमति भएको छ ।

बिहीबारका पत्रपत्रिकामा लेखिएको छ, आयात-निर्यातका लागि मेरुदण्डका रुपमा रहेको भारत विहारको फरबीसगन्ज-जोगवनी सडकखण्डमा पर्ने परमान नदीको मिरगन्ज पुल बाढीका कारण भासिएपछि नेपालतर्फ आउँदै गरेका एक हजारभन्दा धेरै कन्टेनर र मालवाहक गाडी चार दिनदेखि अलपत्र परेका थिए ।