आर्थिक

सर्लाहीमा पनि आयल निगमलाई करोडौ घोटाला !

सर्लाही । नेपाल आयल निगमले सर्लाहीमा जग्गा खरिद गर्दा करिब १७ करोड रुपैयाँ घोटाला गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ ।

स्थलगत अध्ययन गर्न सर्लाही आएको संसदको उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको टोलीले यस्तो निष्कर्ष निकालेको हो ।

शुक्रबारको नागरिकमा लेखिएको छ, निगमले चैतमा लालबन्दी नगरपालिका १ नवलपुस्थिती जंगलटोलमा १५ बिघा ६ कठ्ठा १४ धुर जग्गा खरिद गरेको थियो ।