राजनीति

यी हुन् प्रधामन्त्री देउवाको भारत भ्रमणमा देखिएका अनौठा चार घटना, जसले संसारभर स्थान पाए !

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा यसबेला पाँचदिने भारत भ्रमणमा रहेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री देउवालाई भारतले राम्रो सम्मान गरेको छ । भारतीय राष्ट्रपति भवनमा बसेका प्रधानमन्त्री देउवालाई स्वागत गर्न पाउँदा आफुहरु निकै खुसी भएको भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिक्रिया दिएका छन् ।

अन्य नेताहरुसँगको भेटघाटका क्रममा पनि प्रधानमन्त्री देउवाको भ्रमणलाई उच्च महत्व दिइएको छ । दुवै देशबीच आठवटा महत्वपूर्ण समझ्दारीपत्रमा हस्ताक्षर भएको छ ।

यसर्थ, प्रधानमन्त्री देउवाको राजकीय भारत भ्रमण सफल भएको देखिन्छ । तर यो पटक हामीले उक्त भ्रमणका क्रममा देखिएका केही रोमाञ्चक घटनाहरुलाई फरक ढंगले प्रस्तुत गर्ने जमर्को गरेका छौ । जुन दृष्यहरुलाई नेपाली र भारतीय मिडियाले सम्म राम्रो स्थान दिइरहेका छन् ।

दृष्य नम्बर एकः
अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा एउटा दृष्यले सबैको ध्यान खिचेको देखिन्छ । भारतीय राष्ट्रपति भवनमा गार्ड अफ रनरको सलामी लिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु देउवालाई स्वागत गरेका थिए । सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले नमस्कार फर्काउँदा हक्की स्वाभावका नेपालका प्रधानमन्त्री ठाडो परेर बसेका छन् ।

भारतीय प्रधानमन्त्रीले झुकेर नमस्कार गर्दा नेपाली प्रधानमन्त्रीले देखाएको त्यो हक्की स्वभावलाई नेपालीहरुले भारतसँग नेपाल झुक्दैन भन्ने ढंगले व्याख्या गरिरहेका छन् । प्रधानमन्त्री देउवाको एउटा व्यक्तिगन बानी पनि के छ भने उनी हतपत्त कसैसँग सामान्य ढंगले नमस्कार फर्काउँदैनन् ।

उनको त्यो बानीका कारण पनि भारतीय प्रधानमन्त्रीसँग उनले झुकेर नमस्कार नगरेको आंकलन गर्न सकिन्छ । त्यसैले यो तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

दृष्य नम्बर दुईः
प्रधानमन्त्री देउवाको भारत भ्रमणमा अर्को एउटा महत्वपूर्ण दृष्य र घटनाले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको ध्यान तान्न सफल भयो । त्यो के भने बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार चढाउन जानुपर्ने कार्यक्रम रहेको थियो । सो समाधिस्थलभित्र छिर्दा जुत्ता फुकाल्नुपर्ने नियम छ ।

प्रधानमन्त्री देउवाले जुत्ता फुकालेर भित्र त पसे तर फर्किदा उनले लगाएको जुत्ता लगाउन उनलाई निकै सकस पर्यो । प्रधानमन्त्री देउवा भ्रमणमा तुनावाल पाटीसुज लगाएर गएका थिए । महात्मागान्धिको समाधिस्थलबाट फर्किदा जुत्ताको तुना लगाउन उनले निकै बेर लगाए । जुन दृष्य नजिकै बसेर उनकी पत्नी डा.आरजु राणाले समेत हेरिरहेकी थिइन् ।

उनलाई बृद्ध पतिको जुत्ताको तुना बानिदिउँ जस्तो नलागेको पनि होइन, तर राजकीय भ्रमणका क्रममा संसारको आँखा त्यही परिरहेकोले भोली नकारात्मक हल्ला फिजिने डरले आरजुले त्यो काम नगरेको अन्दाज गर्न सकिन्छ । आरजुसँगै राजदूत दीपकुमार उपाध्याय लगायतको भ्रमण टोलीले त्यो दृष्य हेरेको हेर्ये भयो । प्रधानमन्त्री आफैले जुत्ताको तुना बानेर बाहिर निस्किए । प्रधानमन्त्री देउवाको यो कामको सबैले प्रशंसा गरेका छन् । जुन दृष्यलाई सामन्ती शासक होइन, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्रीले गर्ने कार्यशैली यही हो भन्ने ढंगले उनको प्रसंशा भैरहेको छ ।
दृष्य नम्बर तीनः
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा द्धिपक्षीय पत्रकार सम्मेलन भैरहेको थियो । नेपालका प्रधानमन्त्री शेरबहादुर देउाव बोलिरहेका थिए । उनको घाँटी अवरुद्ध भैरहेको जस्तो देखियो । खोकी लाग्न थाल्यो । खोकी बढ्दै गएपछि नजिकै उभिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मिनरल वाटरको बोतलबाट गिलासमा पानी हाले र विदेशमन्त्री सुष्मा स्वराजतर्फ संकेत गरे ।

सुश्मा स्वराजले तुरुन्त उक्त गिलासको पानी प्रधानमन्त्री शेरबहादुर देउवाको छेउमा राखिदिइन् । प्रधानमन्त्री देउवाले पानी पिए र सम्बोधन सके । प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रम यो दृष्य र घटनालाई पनि मिडियाहरुले स्थान दिइरहेका छन् ।

दृष्य नम्बर चारः
प्रधानमन्त्री देउवाको भारत भ्रमणमा क्रममा अर्को एउटा निकै राम्रो र उदाहरणीय दृष्य देखियो । प्रधानमन्त्री पत्नी आरजु हिन्दु नारीहरुको महान पर्व तिजमा भारत भ्रमणमा रहेकी थिइन् । उनले भारत भ्रमणका क्रममा आफ्नो संस्कृतिलाई नबिर्सि तिजको ब्रत बसेको र नेपाली नारीकै शैलीमा लगाएको पहिरनले विश्वको ध्यान खिचेको थियो ।

प्रधानमन्त्री पत्नी आरजुले रातो सारी,रातो टिका,रातो नङपालिस, सुनको लकेट लगाएर गार्ड अफ अनरको क्रममा उपस्थित भएकी थिइन् । त्यसैले यो दृष्य नेपाली नारीको पहिचानलाई निकै माथि उठाएको भन्दै सबै मिडिया र सामाजिक सञ्जालहरुमा भाइरल भैरहेको छ ।