पु.समाचार

काँग्रेसद्वारा बाढीपीडितका लागि रु एक करोड संकलित

काठमाडौँ । नेपाली काँग्रेसले बाढीपहिरो पीडित जनताको सहयोगका लागि रु एक करोड छ लाख ९० हजार ६४० संकलन गरेको छ ।

केही दिन अगाडि मुलुकका विभिन्न भागमा परेको अविरल वर्षा र पहिराका कारण पीडामा परेका जनतालाई सहयोगस्वरुप पार्टीका सांसदको एक महिनाको तलबबाट उक्त रकम संकलन गरेको हो ।
सो रकम आज पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेस संसदीय दलका सचिव धुव्र वाग्लेले पार्टीका कावा सभापति विमलेन्द्र निधिलाई हस्तान्तरण गरे । उक्त रकम कांग्रेस बाढीपीडित कोषको खाता नं ०१३५–११–००१००७५ मा जम्मा गरिने नेता निधिले जानकारी दिए ।