आर्थिक

गृह मन्त्रालयले बाँड्यो ६ महिनामै ८२ करोड रकम !

काठमाण्डौ । गृह मन्त्रालयले गत आर्थिक वर्षको अन्तिम ६ महिनामा मात्र करिब ८२ करोड बराबरको रकम वितरण गरेको छ । सरकारले सो रकम आफ्ना पहुँचवालाहरुलाई वितरण गरेको हो ।

सरकारले ६ महिनाभित्र करिब ८२ करोड ६४ लाख ९१ हजार रुपैयाँ वितरण गरेको जनाइएको छ ।

सो रकम आर्थिक सहयता मृतक आर्थिक सहायता, उपचार सहायता र मधेस आन्दोलनका घोइतहरुको नाम बाडिएको भन्दै शनिबारको नयाँ पत्रिकामा लेखिएको छ ।