अन्तर्राष्ट्रिय

उत्तरकोरियाले चाल्यो फेरि अर्को कडा कदम !

एजेन्सी ।  संयुक्त राज्य अमेरिकाको सेनाले भनेको छ, उत्तर कोरियाले सानो दूरीका तीनवटा बलेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। एउटा वक्तव्यमार्फत अमेरिकी प्यासिफिक कमाण्डले जनाए अनुसार पहिलो र तेस्रो क्षेप्यास्त्र उडानमा विफल भएका थिए भने दोस्रो क्षेप्यास्त्र परीक्षणपछि विस्फोट भएको थियो।

उसले उत्तर कोरियाद्वारा गरिएको परीक्षणबाट गुआम टापुलाई कुनै खतरा नरहेको बताएको छ। गत महिना अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङयाङले गुआममा क्षेप्यास्त्र हमला गर्ने अमेरिकालाई चेतावनी दिएको थियो।