आर्थिक

प्रभु बैंकद्वारा बृक्षारोपण सम्पन्न

काठमाण्डौ । प्रभु बैंकको सहयोगमा बुढानिलकण्ठ नगरपालिका तथा प्रभु बैंकको संयुक्त आयोजनामा काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकास्थित बाँसवारी देखि गणेशचोकसम्म मुल सडकको दायाँबायाँदुवै किनारामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । उक्त वृक्षारोपण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका नगर प्रमुख उद्धव प्रसाद खरेल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा वृक्षारोपण गरी कार्यक्रमको उद्घाट्न गरेका थिए ।

उक्त वृक्षारोपण कार्यक्रममा स्थानीय वडा प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, प्रभु बैंकका कर्मचारीहरु तथा स्थानीयबासिन्दाहरुको उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रममा नगर प्रमुख उद्धव प्रसाद खरेलले वृक्षारोपण कार्यक्रमको लागिप्रभु बैंकले उपलब्ध गराएको सहयोग प्रति हार्दिकता पुर्वक आभार प्रकट गेका थिए ।

यसै कार्यक्रममा मन्तव्य राख्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रभु बैंकले आप्mना ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउनुका अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न खालका सामाजिक सहयोग तथा सद्भावयुक्त कार्यक्रमहरुमा योगदान गर्दै आईरहेको र आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ निरन्तरता दिने कुरा जानकारी गराएका थिए । यस कार्यक्रमा उपस्थित स्थानीयहरु निकै उत्साहित भएका थिए । वृक्षारोपणले सुन्दर एवं पर्यटकीय नगरी बुढानिलकण्ठको वातावरणलाई हरियालीबनाई पर्यावरण स्वच्छ राख्नथप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।