पु.समाचार

प्रहरीले कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त यसरी पक्राउ गर्यो

काठमाण्डौ । कर्तब्य ज्यान मुद्धाको फरार प्रतिबादी जिल्ला भक्तपुर चागुनारायण नगरपालीका ४ घर हुने बर्ष ३८ को कुमार कुमार लामालाई महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरिएको छ ।

मिति २०५४।०७।१६ गते गतेका जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालीका ८ जयबागेश्वरी स्थित निर्माणेश्वर महादेब मन्दिर पछाडी काभ्रे घर बताउने एनि वतन नखुलेको अ।बर्ष २२ को श्याम खड्कालाई सोही नजिक ईट्टा डिपोमामा काम गर्ने कुमार लामा र भिम बहादुर समेतका ब्यक्तिहरुले कुटपिट गरी ज्यान मारी फरार रहेको घटना अनुसन्धान तथा खोजतलास गर्ने क्रममा फरार रहेको कुमार लामालाई जिल्ला भक्तपुर चागुनारायण नगरपालीका ४ बाट मिति २०७४।०५।१२ गते पक्राउ गरी कर्तब्य ज्यान मुद्धा दर्ता गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।