आर्थिक

नाडामा आएका ग्राहकलाई प्रशासनिक शूल्कबिना नै एनआईसीले लोन दिने

काठमाण्डौ । भाद्र १३ गतेदेखि नेपाल अटो डीलर्स एशोसिएनको आयोजनामा भृकुटी मण्डपमा शुरु भएको ‘नाडा अटो शो २०१७’ मा ग्राहकहरुलाई सर्वोत्तम सुविधा दिने उद्देश्य राखी एन आई सी एशिया बैंकले आफ्नो सबल उपस्थिति जनाएको छ ।

नेपालको एक मात्र बृहत् उक्त अटो शोमा बैंकले on the Spot Financing  गर्ने व्यबस्था समेत गराएको छ । बैंकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि खरीद गरिने गाडीमा ७ वर्ष अवधि सम्मको लागी आर्कषक ब्याजदरमा तुरुन्त कर्जा उपलब्ध गराउने छ । साथै, ग्राहकहरुले अधिकतम लाभ लिन सकुन भन्ने हेतूले कर्र्जामा कुनै पनि प्रकारको प्रशासनिक शुल्क नलिने व्यबस्था समेत गरिएको छ ।

साथै नाडा अटो शो २०१७ मार्फत सवारी साधन कर्जाको लागी आवेदन दिने ग्राहक महानुभावहरुलाई यस बैंकले निःशुल्क रुपमा १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने समेत जानकारी गराएकोछ ।

थप जानकारीका लागी यही भाद १८ गतेसम्म सञ्चालन हुने उक्त ‘नाडा अटो शो २०१७’ मा यस बैंकको स्टल नं. G7 मा पाल्नुहुन वा ग्राहकहरुलाई सुविधाजनक हुने यस बैंकको १२० शाखाहरु मध्य जुनसूकैै शाखामा सम्र्पक गर्नुहुुन अनुरोध एनआईसी बैंकले आग्रह समेत गरेको छ ।