आर्थिक

आयल निगमभित्र भएको अनियमिततामा किन आँखा चिम्लिदैछ आपूर्ति मन्त्रालय ?

काठमाण्डौ । नेपाल आयल निगमको जग्गा खरिदमा भएको करोडौं अनियमिततामा आपुर्ति मन्त्रालय आँखा चिम्लेर बसेको छ । छानविन गरी प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनको समेत मन्त्रालयले अवज्ञा गरेको छ ।

बिहीबारको नागरिकमा लेखिएको छ, ईन्धन भण्डरणका लागि निगमले भैरहवा चितवन, झापा र सर्लाहीमा जग्ग किन्दा भएको घोटालामा संलग्नलाई कारबाही गर्न संसद् को सार्वजनिक लेखा समितिले दिएको निर्देशन मन्त्रालयले बेवास्ता गरेको हो ।