सूचना प्रविधि

अब एनसेलको फोरजी अब कोहलपुर र विरेन्द्रनगरमा, एनसेलको फोरजी सेवा अब १९ शहरमा उपलब्ध

काठमाडौं । एनसेलले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप २ शहर – कोहलपुर (बाँके) र विरेन्द्रनगर (सुर्खेत) – मा विस्तार गरेको छ । यहि शुक्रबार (भदौ १६) देखि यी दुई शहरमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ ।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कोहलपुर र विरेन्द्रनगरमा पनि दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड सेवाको लाभ लिन सक्नेछन् । आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरीरहेको सिमलाई फोरजी चल्ने सिम (युसिम) सँग मात्र रु १ शुल्क तिरेर साट्न सक्छन् । ग्राहकले आफ्नो नागरिकता वा सवारी चालक अनुमति पत्र पेश गरी सिम साट्न सक्छन् । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोवाइल नम्बरमा कुनै परिवर्तन हुने छैन । साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्त डेटा ३ दिनको लागि मान्य हुनेछ ।

फोरजी सेवा सञ्चालनमा ल्याएको अवसरमा, एनसेलले यी दुई शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ । ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाको साथ योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहत डिजीटल लाइब्रेरी हो, जसमा १५,००० भन्दा बढि नेपाली गीतसंगीतहरु पनि उपलब्ध छन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने जानकारी प्राप्त गर्न सक्छन् ।

कोहलपुर र विरेन्द्रनगरमा फोरजी सेवाको बिस्तारसँगै एनसेलको फोरजी सेवा देशका १९ शहरहरुमा पुगेको छ । एनसेलले फोरजी सेवा पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा संचालनमा ल्याएको थियो ।

कम्पनीको फोरजी सेवा हाल पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल लगायत नेपालगञ्जमा पनि उपलब्ध छ ।

‘‘एनसेलले आफ्नो प्रतिवद्धता बमोजिम थप शहरहरुमा फोरजी सेवा बिस्तार गरेको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छौ,” एनसेलका कर्पाेरेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने । ‘‘राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएका लक्ष्य प्राप्ति तथा डिजिटल नेपाल निर्माणमा योगदान पुर्याउने आफ्नो लक्ष्य अनुरुप हामी देशका अन्य शहरहरुमा पनि क्रमशः फोरजी÷एलटिई सेवाको विस्तार गर्दै जाने छौ जसले धेरै भन्दा धेरै जनसंख्यालाई नयाँ प्रविधिमा पहुँच सुनिश्चित गरी र नयाँ अवसरहरु प्रदान गर्नेछ,’’ आचार्यले भने ।

फोरजी÷एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोवाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् ।

एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा फोरजी सेवा विस्तार गर्दै, ग्राहकलाई दु्रतगतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने लक्ष्य लिई विभिन्न शहरहरुमा नेटवर्क परीक्षण गरीरहेको छ । ‘‘फोरजीको विस्तार बाहेक, हामी आफ्ना ग्राहकका लागि विभिन्न आकर्षक अफर तथा निःशुल्क रुपमा अनलिमिटेड भिडियोमा पहुँच हुने जस्ता रोचक अफरहरु ल्याउन प्रतिबद्ध छौं,’’ आचार्यले भने ।

फोरजी÷एलटिई सेवाको सुरुवात सँगसँगै एनसेलले ग्राहकलाई आकर्षक साप्ताहिक कम्बो प्याक प्रदान गर्दै आएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र निःशुल्क योण्डर म्युजिक सेवाको मजा एकै प्याक मार्फत लिन सक्नेछन् । एनसेलका ग्राहकले आफ्नो आवश्यकता बमोजिम रु १५०, रु ३०० र रु ५०० को प्याक खरिद गरी आकर्षक डेटा, टक टाइम र एसएमएसको मजा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न आर्कषक डेटा प्याक लिन पनि सक्नेछन् ।