पर्यटन/संस्कृति

हिमालयन एयरको काठमाण्डौं र दमामबिच सिधा उडान शुरु

काठमाण्डौ । नेपाल र खाडि मुलुकबिच उडान सम्बन्ध बढाउदैं हिमालय एअरलाईन्सले दुई देश बिचसिधा उडानहरु गर्दै आएको छ । यसै सिलसिलामा गुणस्तरीय सेवा प्रदानगर्ने प्रतिबद्धताका साथ काठमाण्डौं र साउदी अरेबियाको दमाम शहर बिचशुरु हुनलागेको सिधा उडानले दुई देश बिचको सम्बन्ध विस्तार गर्नुको साथै आवतजावत गर्र्दै यात्रुहरुलाई पनि सेवा प्रदानगर्न सहयोग गर्नेछ ।

नेपाल तथा साउदी अरेबियाबिच सिधा उडान गर्ने हिमालय एअरलाईन्स, नेपालको पहिलो वायुसेवा कम्पनीे हो जसले आप्रवासी नेपालीहरुको मागलाई ध्यानमा राखीदुई देश बिचसिधाहवाई सेवा शुरु गरेको छ । एअरलाईन्सले काठमाण्डौं —दमाम—काठमाण्डौं बिच दैनिक उडानबाट आफ्नोे सेवा सँचालन गर्नेछ ।

काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमामको लागि पहिलो उडान H9 559 बेलुकी २२:३० (स्थानिय समय) मा प्रस्थान गरेको छ । उत्साहपूर्ण यात्रु सँख्याका साथ उडेको सो उडान, दमाम स्थित किङ्गफाहाद अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को दिन स्थानिय समय अनुसार बिहान ००:५० माअवतरण गर्ने छ ।

हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठ भन्छन्, “काठमाण्डौं र दमाम जोड्ने पहिलो वायुसेवा कम्पनी हुनपाउनुमा हामी धेरै खुशी छौं । यसपालीको चाडपर्व र जाडो याममा धेरै भन्दा धेरै नेपालीले आफ्नो देश आउन सिधा उडानको सेवा प्राप्त गर्न सक्ने गरि हिमालय एअरलाईन्सले यस उडानको शुभारम्भ गरेको छ । यस उडानले साउदीअरेबियामा विभिन्न पेशामा सँलग्न करिब ५ लाख नेपालीलाई सुलभ भाडादरमा सिधा उडानको सुविधा प्रदान गर्नेछ । हामीलाई विश्वास छ कि हाम्रो नेपाली अतिथ्य सेवाले घर फर्कने नेपालीहरु पक्कै खुशी हुनेछन् ।”