अन्तर्राष्ट्रिय

परवेज मुशर्रफ एक्कासि किन फर्किने भए पाकिस्तान ? यस्तो छ कारण

इश्लामावाद । पाकिस्तानी पूर्व सैनिक शासक प्रवेज मुशर्रफले आफू पूर्व प्रधानमन्त्री बेनेजिर भूट्टोको हत्याबारे लागेको मुद्दाको सामना गर्न पाकिस्तान आउने बताएका छन् ।

पाकिस्तानी एक अदालतले बिहीबार भूट्टोको हत्या मुद्दामा सुनुवाई गर्दै सन् २००७ मा भएको घटनामा सम्लग्न भनी आरोप लगाइएका पाँच जनालाई सफाई दिएको छ भने मुशर्रफलाई अदालतमा हाजिर नभै भागिरहेको जनाएको छ ।

मुशर्रफद्वारा आइतबार सन्चारकर्मीलाई उपलव्ध गराइएको वक्तव्यमा भनिएको छ, “रावलपिन्डी प्रति आतङ्कवाद अदालतको फैसला आफ्नो विरुद्धमा छैन ।”

“म पक्कै पनि पाकिस्तानमा आउने छु र उक्त मुद्दाको सामना गर्नेछु,” उनले भनेका छन् । अदालतले मुशर्रफलाई ‘भगौडा’ भन्दै उनको नाममा रहेको सम्पत्ति जफत गर्न आदेश दिएको छ ।

मलाई बेनजिर भूट्टोको हत्या आरोपमा मुछिएको छ र राजनैतिक पीडित बनाइएको छ । तर मैले उनको असामयिक तथा दुखद हत्यामा मेरो कुनै सम्लग्नता रहेको छैन ।