आर्थिक

गभर्नरद्वारा सिटिजन्स बैंकको छहारा शाखा उद्घाटन

नेपालको बैंकिंग क्षेत्रमा पथकपहिचान बनाउन सफल रहेको सिटीजन्स बैंक इन्टरनेस्नल लिमिटेड ले आफ्नो ६० औं शाखापाल्पा को छहरा मा समुद्घाटन गरेको छ । आजमिति २०७४ साल भाद्र १९ गते नेपाल राष्ट्र बैंक का गभर्नर डा चिरन्जीवी नेपाल को बाहुली बाट उद्घाटन गरी बैंकिंग कारोबार को सुरुवात गरिएको छ । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, ब्यापारी, नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिथि रहेको थियो ।

छहारा शाखाको बिधिबत समुद्घाटनसंगै सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकमहानुभाबहरुलाई देशभरी फैलिएका यस बैंकको ६० वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकहरुलाई सेवा प्रदानगर्दै आएको छ ।. साथै आफ्नो ग्राहकवर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा ईन्टरनेशनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु तथा कुनैपनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरुपनि उपलब्ध गराउदै आऐको छ ।

उक्त समारोहमा सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले गभर्नरको बाहुलीबाट श्री भैरव नवदिप माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर र श्री महाकाली माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर गरी जम्मा २ थानकम्प्यूटर हस्तान्तरण गरेको छ ।

बैंकले हरेक सम्भावित बजारक्षेत्रमा आफ्नाग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानमा चाँडै नै थपशाखा संचालनगर्ने योजना अगाडि सारेको छ ।