राजनीति

आफ्नै सांसदले गरे एमाले पार्टी कार्यालयमा तालाबन्दी !

पर्सा । नेकपा एमाले पर्साको कार्यलयमा सोही पार्टीका सांसदले तालाबन्दी गरेका छन् । पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विचारी यादव नेतृत्वको असन्तुष्ट पक्षले तालबान्दी गर्दै कार्यालय परिसरमै धर्ना सूरु गरेको छ ।

मंगलबारको नागरिकमा लेखिएको छ, टिकट वितरणमा नेतृत्वले पार्टीमा लगानी भएकालाई प्राथमिकता नदिएकाले तालाबन्दी गरिएको सांसद यादवले बताए ।