ब्रेकिङ न्युज

काठमाडौंमा कुटपिट गरि श्रीमान‍्ले गरे श्रीमतीको हत्या

२३ जेठ, काठमाडौं । श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार गर्दा उनकी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु भएको हो ।


घाइते भएकी भुजेलको गएराति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


कुटपिट गर्ने मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।