राजनीति

उपप्रधानमन्त्री महरा चीन जाँदै

काठमाण्डौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भदौ २१ देखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् । चीनका विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा उनी चीन जान लागेका हुन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो चीन भ्रमण हो ।  भ्रमणका बेला मन्त्री महरा र उनका चिनीयाँ समकक्षीबीच वार्ता हुनेछ । वार्तामा नेपाल(चीन सम्बन्धका सबै आयाममा छलफल हुने जनाइएको छ ।