आर्थिक

एनआईसीले पुनः शुरु गर्यो शेयर धितो कर्जा

काठमाण्डौ । एनआईसी बैंकले शेयर धितो कर्जा पुनः शुरु गरेको जनाएको छ । ग्राहकहरुले अत्याधिक रुचाएको बैंकको लोकप्रीय कर्जा योजनाका रुपमा लिएर शेयर धितो कर्जा बैंकले पुनः शुरु गरेको जानकारी गराएको छ ।

सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ कार्यदिन मै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले शेयर धितो कर्जा पुनः शुरु गरेको हो । बंैकको १२० वटै शाखाहरुबाट उक्त कर्जा उपलब्ध हुनेछ । यस कर्जा अन्तर्गत गाहकहरुले न्यूनतम रु २५ लाख देखि अधिकतम रु १० करोड सम्म आफूसगं रहेको शेयर धितोमा राखी कर्जा उपभोग गर्न सक्ने छन् ।

नेपाल स्टक एक्सचेन्जमा सूचिकृत साधारण तथा संस्थापक शेयर धितो राखी शेयर धितो कर्जा उपलब्ध गराईनेछ ।