राजनीति

मिथिला नगरपालिकामा एमाले विजयी

महेन्द्रनगर । मिथिला नगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार नगर प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् । नगर प्रमुखमा एमालेका हरिनारायण महतो विजयी भएका छन् ।

उनले छ हजार ७४० र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार महतोले पाँच हजार १७८ मत ल्याएका छन् ।

त्यसैगरी उपप्रमुखमा एमालेकै ताराकुमारी बस्नेत विजयी भएकी छन् । उनले छ हजार ६६५ र उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का मीनबहादुर जर्घा मगरले छ हजार ३३८ मत ल्याएका छन् ।