राजनीति

यसरी पूर्व सांसदलाई हराउँदै मेयर बनिछाडे २८ वर्षीय युवा

काठमाण्डौ । पूर्वसांसदलाई पछार्दै २८ बर्षीय दीपनारायण रौनियार मन्टुले पर्साको दोस्रो सदरमुकामका रुपमा परिचित पोखरिया नगरपालिकाको मेयर जितेका छन् ।

पोखरीया नगरपालिकाको चुनावी मैदानमा उत्रिएका पूर्वसांसद एवं संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रधुमन चौहान र पूर्वसभासद एवं कांग्रेसका उममेदवार रामेश्वर रौनियारलाई हराउदै नेपाल संघीय समाजवादी पार्टीका उम्मेदवार मन्टु मेयरमा विजयी भएका हुन् ।

फोरम नेपालका उम्मेदवार चौहान ०६४ सालको पिहिलो संविधानसभाको निर्वाचनमा पर्साको क्षेत्र नम्बर ४ बाट एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

आइतबारको अन्नपूर्णमा समाचार लेखिएको छ, चौहान गत जेठमा मात्रै मधेस आन्दोलनको माग पूरा गर्न एमाले बाधक देखिएको भन्दै पार्टी परित्याग गरेर फोरम नेपालमा प्रवेश गरेका थिए ।

पोखरीया नगारपालिकाको उपमेयरमा भने पत्रकारिता पेसा छाडेर भर्खरै राजनीतिमा प्रवेश गरेकी मुस्लिम समुदायकी ३० बर्षीया महिला सलमा खातुन विजयी भएकी छन् ।