राजनीति

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १ करोड, ५४ लाख मतदाता

काठमाण्डौ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७ सय ३१ नेपालीले मतदान गर्ने भएका छन् । मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्न निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक कामकारवाही अघि बढाईरहेको छ । बुधबारको नागरिकमा लेखिएको छ, प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार मतदाता नामावाली स्वीकृत गरेको हो ।