आर्थिक

गोपाल खड्काले करोडौं घोटाला गरेको अर्को रहस्य खुल्यो

काठमाण्डौ । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई ईन्धन बिक्रीमा निगमलाई बार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्यायभार परेको तथ्य भेटिएको छ ।

खड्काले ईन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको आरोपमा पदबाट बर्खास्त भएपछि उनको अर्को बदमासी बाहिर आएको हो ।

शुक्रबारको नागरिकमा लेखिएको छ, दुई बर्षको अवधिमा निगमलाई करिब ६ करोड रुपैयाँ घाटा पुगेको छ ।