राजनीति

एक्कासि किन झस्कियो कांग्रेस ? यस्तो छ कारण

काठमाण्डौ । राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरमले प्रदेश २ मा र्दुइ तिहाई संसद् सिट पाउनुपर्नेमा गरेपछि आफ्नो नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउने अग्रसर कांग्रेस झस्किएको छ ।

कांग्रेससहितको ६ दलीय गठबन्धन कार्यदलको आईतबार बसेको बैठकमा राजपा र फोरमले संयुक्त रुप्मा सातै प्रदेशमा प्रतिनिधिसभाको ५५ सिट आफुहरुले पाउनुपर्ने मागर गरेका हुन् ।

उनीहरुले सबैभन्दा बढी प्रदेश २ को ३२ निर्वाचन क्षेत्रमा २४ सिट पाउनुपर्ने माग गरेका छन् । प्रदेशसभाका लागि त्यसै अनुपातमा ४८ सिट माथिएको श्रोतले जनायो ।