आर्थिक

एनआईसी एशिया क्यापिटलको प्रमुख कार्यकारीमा ढुंगेल

काठमाण्डौ । एनआईसी एशिया क्यापिटलको ३९ औ सञ्चालक समितिको बैठकको निर्णय अनुसार एन आई सी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पद्मा  झनक राज ढुंगेललाई नियुक्त गरिएको छ ।

ढुंगेल विगत २३ वर्ष देखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहदै आउनुभएको छ । यस अघि  ढुंगेल अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा आबद्ध रहनु भएको थियो । ढुंगेलले एनआईसी एशिया बैङ्कको मातहतमा प्रमुख कार्यकारी अधिकृत रहेका रामचन्द्र खनालको स्थानमा कार्यभार समाल्ने छन् ।

सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनसक्तिको सहायताबाट गुणस्तरीय ग्राहकमुखि सेवा प्रदान गर्दै आईरहेको छ ।