अन्तर्राष्ट्रिय

भारतमा एउटा महत्वपूर्ण कानुनी प्रावधानलाई सर्वोच्च अदालतले यसरी बदर गरिदियो

एजेन्सी ।  भारतमा श्रीमानलाई आफ्नो नाबालक श्रीमतीसंग यौनसम्बन्ध राख्‍न अनुमति दिने एउटा कानुनी प्रावधानलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ।

बलात्कार सम्बन्धी कानुनको एक भागका रुपमा रहेको उक्त बुंदामा विवाहीत दम्पत्तीबीच वैध यौन सम्बन्धका लागि श्रीमतीको उमेर १५ वर्ष भन्दा बढी हुनुपर्ने उल्लेख थियो।

अब नयां कानुनी प्रावधान अनुसार नाबालक श्रीमतीसंगको यौन सम्बन्ध बलात्कार ठहरिनेछ। भारतमा विवाह र यौन सम्बन्धका लागि महिलाको न्यूनतम कानुनी उमेर १८ रहेको छ तर वैवाहीक बलात्कारलाई अपराध मानिंदैन।

सर्वोच्च अदालतको फैसलालाई महिला अधिकारवादी अभियानकर्ताहरुले प्रसंशापूर्वक स्वागत गरेका छन् तर सम्बाददाताहरु भन्छन् नयां कानुनी प्रावधान लागु हुन निकै गाह्रो पर्नेछ।

अदालतको फैसला अनुसार १८ वर्षभन्दा कम उमेरका विवाहीत नाबालकहरुले सहमति विना यौन सम्बन्ध राख्‍ने आफ्ना श्रीमानका विरुद्ध बलात्कारको मुद्दा चलाउन पाउने छन्।