अन्तर्राष्ट्रिय

एक्कासि युनेस्कोबाट अलग हुने भए यी दुई शक्तिशाली देश

एजेन्सी ।  अमेरिकाले राष्ट्रसंघीय निकाय युनेस्कोबाट अलग हुने घोषणा गरेको केही घण्टा नबित्दै इजरेलले आफू पनि उक्त निकायबाट बाहिरिने बताएको छ।  इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अमेरिकी निर्णयको स्वागत गर्दै त्यसलाई ‘बहादुरीपूर्ण’ र ‘नैतिकताले भरिएको’ भनेका छन्।

यसअघि युनेस्कोकी प्रमुख इरिना बोकोभाले उक्त संस्थाबाट अमेरिका अलग हुनु ‘अति दुःखको विषय’ भएको प्रतिक्रिया दिएकी थिइन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरु भन्छन्, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयले राष्ट्रसंघीय निकायहरुको मूल्य-मान्यताको उनले गर्दै आएको आलोचनालाई उजागर गरेको छ।

युनेस्कोबाट अलग हुने अमेरिकी निर्णय सन् २०१८ को डिसेम्बर अन्त्यतिर कार्यान्वयनमा आउनेछ। त्यसअघिसम्म अमेरिका युनेस्कोको पूर्ण सदस्यकै रुपमा रहिरहनेछ।