अन्तर्राष्ट्रिय

काश्मिरमा भारतीय प्रहरीको गोलीबाट एक पाकिस्तानीको मृत्यु, थप झडपको संकेत

मुजफ्फरबाद, पाकिस्तान । प्राय तनाव भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार फेरि अर्को झडपमा परी एकजनाको ज्यान गएको समाचार छ ।

भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ । त्यसमा परी अरु पाँच जना घाइते भएका छन् ।

यसरी घाइते हुनेमा चार जना बालबालिका पनि परेका छन् । काश्मिरको सत्ताल र निक्ल क्षेत्रमा भारतीय प्रहरीको गोली लागेर एकजना पाकिस्तानी नागरिकको ज्यान गएको र अरु पाँच जना घाइते भएका हुन् ।

सो झडपमा परी अरु पनि केही व्यक्ति घाइते भएका पाकिस्तानी पक्षले जनाएको छ । घाइते हुनेमा सोही गाउँका व्यक्ति परेका समाचारमा उल्लेख गरिएको छ ।

गएको मङ्गलबार मात्र पनि भारत अधिनश्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी तीन जना भारतीय सुरक्षाकर्मीको हत्या गरेका थिए ।

सो आक्रमणमा पाकिस्तानी आतंककारी समूहको हात रहेको भारतीय पक्षले जनाएको छ । सो क्षेत्रमा गत महिना पनि दुवै पक्षका सेनाबीच गोली हानाहान भएको थियो ।