पु.समाचार

प्रदेशसभा सञ्चालन निकै महंगो हुन सक्ने संकेत

काठमाण्डौ । मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसद्का तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ । दुवै तहका संसद् सञ्चालनमा कुल सबा ४ अर्ब खर्च हुने देखिएको छ ।

व्यवस्थापिका संसद्का महासचिव डा.भरतजार गौतमको नेतृत्वमा गठित संघीय संसद् एवं सचिवालय र प्रदेशसभा एवं सचिवालयसम्बन्धी अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा सातवटा प्रदेशसभा सञ्चालनका लागि २ अर्ब ५५ करोड खर्च हुने उल्लेख छ भने संघीय संसद्अन्र्तगतका प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन गर्न १ अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान गएिको छ भन्दै मंगलबारको नागरिकमा लेखिएको छ ।