आर्थिक

एक खर्ब, आठ अर्ब बराबरको धान उत्पादन हुँदै

काठमाण्डौ । यो बर्ष १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने भएको छ । गत बर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो । अहिलेसम्मकै ईतिहास तोड्दै यो बर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ ।

आर्थिक बर्ष २०७३, ७४ मा १ खर्ब ४ अर्ब रुपैयाँबराबरको धान उत्पादन भएको थियो । चालु आर्थिक बर्ष २०७४, ७५ मा अहिलेसम्मकको रेकर्ड ताडेर करिब ५४ लाख टन धान फल्ने मन्त्रालयले प्रक्षेपण गरेको छ ।

गर्त बर्षको तुलनामा १ लाख ७० हजार टन उत्पादन बढ्ने छ । बिहीबारको नागरिकमा लेखिएको छ, गर्त आर्थिक बर्ष ५२ लाख ३० हजार टन धान फलेको थियो ।