पु.समाचार

झापामा गोली लागेर एक जनाको मृत्यु

झापा । विर्तामोड स् झापाको विर्तामोडमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर झापा अर्जुनधारा नगरपालिका ५ का नरेश थापाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका थापालाई उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल पुर्याइएको थियो । घटनामा तीन दर्जन प्रहरीसहित ४० जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

प्रहरीका अनुसार अपरान्ह करीब अढाई बजेतिर प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरेर गोली प्रहार गरेको थियो । अपरान्ह साढे १ बजेदेखि लगाइएको कर्फ्युका बेला प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी गरेकाले बाध्य भएर गोली चलाउनु परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।