राजनीति

पूर्ब मन्त्री एबम् काँग्रेस नेता ताम्राकार अस्वस्थ

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारका मिर्गौला र छातीमा समस्या देखिएको छ ।  उनको स्वास्थ्य गम्भीर बनेपछि उनलाई छिटोभन्दा छिटो भारतको कलकत्ता लैजाने तयारी परिवारले गरेको उनसँगै अस्पतालमा रहेका काँग्रेस नेता एवम् पूर्वसांसद पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

पूर्वमन्त्री ताम्राकारको स्वास्थ्यावस्था गम्भीर भएकाले आजै लैजाने तयारी गरिए तापनि अक्सिजन लगाई लैजानुपर्ने भएकाले सम्भव नभएकाले लैजान नसकिएको बस्नेतले जानकारी दिए । उनले पाँच दिनअघि ललितपुर, पुल्चोकस्थित निदान अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन्।